Section 71
पुनर्स्थापना केन्द्र
(१) बालबालिका विरूद्धको कसूरबाट पीडित बालबालिकालाई शारीरिक वा मानसिक उपचार गराउन वा सामाजिक रूपमा पुनर्स्थापना गराउनको लागि नेपाल सरकारले आवश्यकता अनुसार पुनर्स्थापना केन्द्र स्थापना गर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि कुनै संस्थाले नेपाल सरकारबाट तोकिए बमोजिम स्वीकृति लिई पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेछ।
(३) पुनर्स्थापना केन्द्रमा उपलब्ध गराउनु पर्ने सेवा सुविधा तथा त्यस्तो केन्द्रको व्यवस्थापन, सञ्चालन, अनुगमन लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।